मकवानपुरमा थप ९२ जनाले कोरोना जिते
पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ९२ जनाले कोरोना जितेका छन् । होम आइसोलेसनबाट ८५ र आइसोलेसनबाट ७ जना गरी थप ९२ जनाले कोरोना जितेका हुन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ४ हजार ६ सय ८६ पुगेको छ ।
मकवानपुरमा हालसम्म कोरोनाबाट ६७ जनाको मृत्यु भएको छ । मकवानपुरमा हाल २ हजार ३ सय ६ जना सक्रिय संक्रमित उपचारत रहेका छन् ।

.jpeg)





प्रतिकृया दिनुहोस