मेलम्ची आयोजनाको कामले गति लिँदै

एसियन डेभलपमेन्ट बैंक (एडिबी) ले सन् २००१ मा सम्झौता गरेको मेलम्ची खानेपानी आयोजनाको कामले गति लिएको छ । अहिले आयोजना स्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झण्डै १ सय ५० कामदार कार्यरत छन् । अन्य ५० कामदार आगामी सातासम्ममा थप गरी पूर्ण रुपमा काम अघि बढाउने कम्पनीको योजना छ । सिएमसीले निर्माण गरिसकेका संरचनाहरुको अन्तिम काम (फिनिसिङ) गर्न सुरु गरिएको हो । अहिले सुरुङको सबलीकरण र बाँकी सुरुङभित्रै ८ सय मिटर क्षेत्रमा कंक्रिट ढलानको काम अघि बढिरहेको छ । पछिल्लोपटक काम गरेको इटालियाली कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महिनापछि अहिले नयाँ कम्पनीले बाँकी निर्माणका काम सुरु गरेको छ । विना अवरोध योजना मुताबिक निर्माण कार्य अघि बढे अबको १४ महिनामा आयोजना सम्पन्न हुने अनुमान गरिएको छ । 
 

प्रतिकृया दिनुहोस